भरतपुर महानगरपालिका भित्र घरजग्गा बहाल कर लगाउने ब्यक्ति तथा संघ/संस्थाहरुलाई अत्यान्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति २०८२।०१।०७ भरतपुर महानगरपालिका घर, जग्गा बहाल कर सम्बन्धी कार्यविधि, २०८०, आर्थिक ऐन २०८१/०८२ बमोजिम आ.व. २०८२/०८३ देखि लागुहुने गरि घरजग्गा बहाल करलाई पुनः अभिलेखिकरण गर्ने गरि निर्णय भएकोले महानगरको घर जग्गा बहाल कर सम्बन्धि कार्यविधि २०८० को दफा ७ को उपदफा २ ले गरेको व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र आफ्नो निजि स्वामित्वमा रहेको वा स्वामित्व कायम नभएको ऐलानी वा पर्ती वा सार्वजनिक जग्गामा बसोवास गर्ने व्यक्तिले आफ्नो घर, घरको छत, पसल, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, जग्गा वा पोखरी पुरै वा आंशिक तबरले अरुलाई भोग चलन गर्न भाडा, बहाल, लिज वा पट्टामा दिएको वा कुनै जग्गा लिजमा लिई घर भाडामा लगाएको व्यक्तिसमेतलाई आफ्नो बहालमा दिएको घरजग्गा सम्बन्धी विवरण दाखिला गरी महानगरपालिकामा लगत कायम गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । घरजग्गा बहाल सम्बन्धी विवरण दाखिला गर्ने फाराम भरतपुर महानगरपालिका कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट यही २०८२।०१।१५ गतेदेखि वितरण हुने हुँदा फाराम प्राप्त गर्नुभई सो फाराममा सत्यतथ्य विवरण भरी आगामी २०८२।०३।१५ गतेभित्र भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा दाखिला गर्नुहुन अनुरोध गरिन्छ । विवरण घरजग्गा धनी आफै वा निजको संगोल परिवारका व्यक्ति वा निजको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र बुझाउन सक्नेछन् । महानगरपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने घरजग्गा धनीहरूले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समयभित्रै आ-आफ्नो बहालमा दिएको घरजग्गाको विवरण पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।