Warning: file_get_contents(https://ojs1.cjournal.cz/new/): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/chitwan_chambers/web/ccichitwan.org.np/public_html/index.php on line 4
सम्पत्ति सुद्धिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सम्पत्ति सुद्धिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सम्पत्ति सुद्धिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघको तालिम कक्षमा आज एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग ललितपु र उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा सम्पत्ति सुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण बिषयमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा शुभकामना व्यक्त गदै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी एवम् कार्यक्रमका प्रमुख अतिथि अस्मान तामाङले अनौपचारिक आर्थिक क्षेत्रबाट हुने आर्थिक गतिविधिलाई निरुत्साहित गर्नका लागि कार्यक्रमले सघाउ पुराउने बताउनु भयो । कार्यक्रममा उहाँले अनौपचारिक आर्थिक क्षेत्रलाई निरुत्साहित गर्नमा सरोकारवाला सबैले चासो राख्नुपर्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले उद्यमी व्यवसायीहरुले पारदर्शिरुपमा उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेको बताउंदै आफुले गर्ने आर्थिक कारोवार चुस्त, दुरुस्त राख्दै अनौपचारिक क्रियाकलापलाई निरुत्साहित गरिरहेको बताउनु भयो ।
कार्यक्रममा सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग ललितपुरका महानिर्देशक प्रेमप्रसाद भट्टराईले नेपालको अर्थतन्त्रमा अवैध कारोवार एव गतिविधिले असर पारिरहेको बताउंदै नियामक निकायले सो सम्बन्धमा सरोकारवालालाई चेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा महानिर्देशक भट्टराईले हामीले जानी नजानी आफ्नो आर्थिक गतिविधि गैह्रकानूनी रुपमा जान सक्ने बताउंदै यसमा सबै सचेत हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग ललितपुरका निर्देशक ऋषीराम पोख्रेल र नेपाल राष्ट्र बैंकका सहायक निर्देशक अमित शर्माले सहजीकरण गर्नुभएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन का अध्यक्ष चुननारायण श्रेष्ठ, आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीको विशिष्ट आतिथ्यता, सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग ललितपुरका महानिर्देशक प्रेम प्रसाद भट्टराईको सभापतित्व, संघका कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विभागका निर्देशक आत्माराम सत्यालको स्वागत मन्तब्यमा व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतिय उपाध्यक्ष सिरिष पन्त, कार्यसमिति सदस्य, बिभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि , विभिन्न वित्तिय संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
२५ चैत, भरतपुर ।