बजारमा भारतीय अखाद्य माछा स्वास्थ्यको लागि घातक: मत्स्य व्यवसायी

नेपालमा खपत हुने माछाको उत्पादनमा नेपालमै हुन्छ । तर,

नेपाली बजारमा भारतीय माछा छ्यपछ्याप्ती भएकोले त्यसलाई रोक्न नेपाल मत्स्य व्यवसायी संघले माग गरेको छ । भारतबाट पूूर्णरूपमा अखाद्य माछा आउने क्रम नरोकिएपछि त्यसको असर नेपाली माछा उत्पादक तथा व्यवसायीमाथि परेको भन्दै भारतीय अखाद्य माछा जसरी भए पनि रोक्नुपर्ने व्यवसायी संघको जिल्ला र केन्द्रीय समितिले माग गरेको हो । भारतबाट आउने माछामा हु“दा त्यसलाई रोक्न मुख्य नाकाहरूमा कडाई गर्नुपर्ने नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समितिले जनाएको छ । भारतबाट स्वास्थ्यको लागि अत्यन्तै घातक मानिने फर्मालिन युुक्त माछा दैनिक ५० टनभन्दा बढी नेपाल भित्रिने गरेको संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए । स्वदेशमै पर्याप्तमात्रामा माछा उत्पादन हु“दाहुँदै पनि भारतबाट भन्सार छली गरेर ल्याउने क्रम रोकिएको छैन,’ उनले भने, ‘यसलाई रोक्न सम्पूूर्ण माछा व्यवसायी तथा निजी क्षेत्र लाग्नुपर्ने देखिन्छ । गतवर्ष पनि भारतीय माछाकै कारण नेपालका माछापालक किसानले ठूलो नोक्सान भोग्न परेको उनले बताए । यसपटक पनि भारतीय अखाद्य माछा नरोके त्यही अवस्था नहोला भन्न सकिन्न, उनले भने, समयमै माछा बेच्न नपाएपछि जाडोको समयमा माछा पोखरीमै मर्छ । एकातिर माछा मर्ने र अर्कोतर्फ बैंकले अत्याउने गर्दा माछापालक किसान नै धरापमा पर्ने हुँदा किसान बचाउनको लागि पनि सरकारी र निजी दुवै क्षेत्रबाट पहल गर्नुपर्ने उनले बताए ।

WhatsApp Image 2022 09 18 at 105545 AM

अहिले भारतबाट ल्याउने माछाबाट मात्रै गएको १५ दिनमा ७८ लाख रूपैयाँ बराबरको भन्सार छली भइसकेको अध्यक्ष अधिकारीले दाबी गरे । उनका अनुुसार नेपाललाई दैनिक ६० देखि ७० टन माछा आवश्यक पर्छ । तर, ती माछा नेपालभित्रै उत्पादन हुने उनले बताए । भारतबाट अवैध तरिकाले माछा आए पनि भन्सार विभागसँग त्यसको तथ्यांक नहुने उनको भनाइ छ । भन्सारमा गएर हेर्ने हो भने आधिकारिक रूपमा भारतबाट माछा आएको देखिँदैन । तर, बजारमा छ्याप्छ्याप्ती भेटिन्छन्, उनले भने,त्यसैले नेपाली उत्पादनलाई बचाउने हो भने भारतीय माछा आयातलाई नियन्त्रण गर्नैपर्छ । भारतबाट आएको माछालाई पनि नेपाली माछाबराबरकै मूल्यमा बेचिदिने हु“दा त्यसबाट नेपाली किसान र नेपाली माछा व्यवसायी अप्ठ्यारोमा परेको उनको भनाइ छ । नेपाली माछा दुुई दिन राख्दासमेत बिग्रिने र भारतबाट आउने माछा १५ दिनसम्म पनि केही नहुनु भनेको त्यसमा अखाद्य वस्तुको मिसावट हो भनेर बुुझ्न सकिन्छ उनले भने, अर्को कुरा भारतीय माछामा झिगा पनि लाग्दैन र माछाको आँखा पनि भित्र पसेको हुन्छ । तर, नेपाली माछामा झिगा लाग्ने र आँखा टल्किन्छ ।

अर्को कुरा नेपाली माछाको आकार ठूलो सानो हुने उनले बताए । भारतीय माछा भने एउटै आकारको आउने हुँदा नेपाली र भारतीय माछा माथिका यी आधारमा चिन्न सकिने उनको भनाइ छ । बजारमा मण्डीहरूमा भने भारतीय माछाले बजार लिइरहेको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए । सानो पोखरीमा केही यहीँका ज्युँदो माछा राखेर भारतीय माछा बेचिरहेका हुन्छन्, उनले भने,तर, ज्युँदो माछा भने भारतबाट ल्याउन सम्भव हुँदैन । विशेष गरेर काठमाडौमा भारतीय माछाको विगविगी रहेको मत्स्य व्यवसायी संघको भनाइ छ । देशभरका प्रायः सबै जिल्लामा माछाको खपतसंगै उत्पादन पनि हुन्छ, केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने, तर, काठमाडौँमा उत्पादन छैन । खपत मात्रै छ । त्यसैले पनि भारतीय माछाको प्रमुख बजार नै काठमाडौ“ बनेको छ ।मत्स्य व्यवसायी संघले भारतीय माछाको आयातमा रोक लगाउनको लागि मुख्य नाकाहरूमा अनुुगमन गर्ने भएको छ । असोज १ गतेदेखि नै माछा आयातमा विशेष अनुुगमन गरिएको चितवन जिल्ला अध्यक्ष सुवेदीले बताए । मत्स्य व्यवसायीको अनुुगमनमा निजी क्षेत्रको साझा संस्था उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघले सहयोग गर्ने चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।


चितवन माछामा आत्मनिर्भर भइसकेको व्यवसायीहरू बताउ“छन् । चितवन जिल्लामा वार्षिक छ हजार पाँच सय टन माछा उत्पादन हुने व्यवसायीको अनुमान छ । जिल्लाभित्र करिब आठसय हेक्टर क्षेत्रफलमा पोखरी रहेको चितवनका अध्यक्ष सुवेदीले बताए । चितवनमा उत्पादन भएको माछा दैनिक ६० टनको हाराहारीमा चितवनमै खपत हुने उनको भनाइ छ । उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघले पनि चितवनका निजी व्यवसायीको हकहितका लागि निरन्तर लाग्ने बताएको छ । सोही कार्यक्रममाअन्नपूूर्ण दाना उद्योगले मत्स्य व्यवसायी संघ चितवनलाई एक लाख रू एक सहयोग गरेको छ । संघले आयोजना गर्दै आएको कार्यक्रमहरूमा सहयोग पुुगोस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका दाना उद्योगका सञ्चालक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । संस्थासँग पैसा नहुने हुँदा संस्थालाई चलायमान बनाउनको लागि सहज होस् भनेर सहयोग गरिएको बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले धन्यबाद ज्ञापन सहित समापन गर्नुभयको थियो ।