बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरका विरुद्ध उवासंघ–चितवनले बुझायो ज्ञापन पत्र ।

बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरका विरुद्ध उवासंघ–चितवनले बुझायो ज्ञापन पत्र ।

उद्योग वाणिज्य संघ–चितवनले बैंक

तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको अवैज्ञानिक ब्याजदरका विरुद्ध आज ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत संघले नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा समन्वयका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा एक समारोहका विच संघका अध्यक्ष चुननारायण श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भएको हो । मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउंदै आएको निजीक्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार , नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा बर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर बृद्धी प्रति उद्योग वाणिज्य संघ– चितवनको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।  


कोभिड १९ को माहमारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फि दवाव परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय भएको व्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको संघले जनाएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई यसरी अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरि विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेको संघको भनाइ रहेकोछ।
विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मुल्य बृद्धिहुंदै जानुले विश्व अर्थतन्त्रमा थप चुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भैरहेको बर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको एकतर्फि र मनोमानी रुपमा व्याजदर बृद्धिले व्यवसायीक क्षेत्र धरासायी बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मनोमानी रुपमा बृद्धि भएको व्याजदर दैनिक रुपमा बैंक तथा वित्तिय संस्थाबाट किस्ताको लागि दिईने मानसिक तनाबका कारण व्यवसायिक क्षेत्र विक्षिप्त बनेको भन्दै यसले एकातर्फ उद्यमी व्यवसायी मर्कामा परेको र  आकासिएको महंगीको कारण सर्वसाधारण जनताको दैनिक जीवन समेत कष्टकर बनेको संघले उल्लेख गरेको छ ।  बर्तमान जटिल परिस्थितिमा बैंक तथा वित्तिय संस्थाले लिने ब्याजदर एक अंकमा ल्याउन, बर्तमान चालुपूंजी मार्गनिर्देशनलाई यथावत राखि नया“ व्यवस्थापन गर्नुका साथसाथै कर्जाको किस्ता बुझाउनुपर्ने समयावधि थप गरि व्यवसायीलाई धरासायी हुनबाट बचाउनका लागि सम्बन्धित निकायलाई उद्योग वाणिज्य संघ–चितवन ध्यानाकर्षण गरेको छ ।  साथै उपरोक्त माग सम्बोधन नभएमा निजी क्षेत्र चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने समेत संघले विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा ज्ञापन पत्र बुझ्दै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आजै सम्बन्धित निकायमा संप्रेशण गर्ने जनाउनु भएको छ । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय, चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली, सिरिस पन्त, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक निलबहादुर केसी विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।  


३१ असौज,भरतपुर ।