प्रेस विज्ञप्ति

समपूर्ण पत्रकार मित्रहरुमा नमस्कार ।


    वर्तमान विषम परिस्थितिमा पनि बैंक तथा वित्तिय संस्थाहरुले विभिन्न कारण देखाई गरेको अव्यवहारिक, अवैज्ञानिक तथा देशको आर्थिक विकासमा प्रतिकुल हुने तवरले गरेको ब्याजदर बृद्धि प्रति विरोध गर्दै यसपूर्व गरिएका पहल कदमी (प्रेस विज्ञप्ति प्रकाशन गर्ने, ज्ञापन पत्र बुझाउने , पत्राचार गर्ने ) बाट हाल सम्म माग सम्बोधन नभएको कारण आगामी कार्यदिशा कस्तो हुने भन्ने जानकारी गराउनको लागि र व्यवसायीक मागहरु जानकारी गराउने उद्देश्यले आजको पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराउंदै उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  


नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेको छ । नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा वर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर बृद्धी प्रति निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ । कोभिड १९ को माहामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फि दवाव परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय भएको व्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई यसरी अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरि विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना भएको हामि सबैले महसुस गरेका छौं ।
विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मुल्य बृद्धिहुंदै जानुले विश्व अर्थतन्त्रमा थप चुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भैरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको एकतर्फि र मनोमानी रुपमा व्याजदर बृद्धिले व्यवसायीक क्षेत्र धरासायी बनेको छ । मनोमानी रुपमा बृद्धि भएको व्याजदर दैनिक रुपमा बैंक तथा वित्तिय संस्थाबाट किस्ताको लागि दिईने मानसिक तनाबका कारण व्यवसायिक क्षेत्र विक्षिप्त बनेको छ । यसले एकातर्फ उद्यमी व्यवसायी मर्कामा परेकाछन् भने   आकासिएको महंगीको कारण सर्वसाधारण जनताको दैनिक जीवन समेत कष्टकर बनेको संघले उल्लेख गरेको छ ।


कोभिड महामारीको कारण नराम्ररी प्रभावित निजि क्षेत्रलाई चलायमान बनाउनका लागी उदारताका साथ विगतमा दिइएको विभिन्न वित्तिय सुविधाहरु र सहयोगबाट व्यापार व्यवसाप केहि चलायमान हुन थालेको थियो । तर विगत करीब ६ महिना देखी फेरी अनायास लगानी योग्य पू“जीको अभाव र तरलताको समस्याका नाममा वित्तिय संस्थाहरुबाट थप ऋण लगानी बन्द गरीयो । कर्जा असूली, लिलाम गर्ने धम्की र बैंकको ब्याज दरमा अप्रत्यासीत वृद्धि गर्न थालियो । आज बैंक वित्तिय संस्थाहरु बाट सर्वत्र आतंक सिर्जना गरिरहेको हामी सबैले महसुस गरेका छौं ।


बैंक तथा वित्तिय क्षेत्रमा गरिएका अप्रत्यासित कदमहरु बाट देशभरका साना, ठूला सबै  उद्योग व्यवसायहरु, गरि खाने वर्ग हतोत्साहित, असहाय र चिन्तित बनेको छ । व्यवसायीका मागहरु सम्बोधन नहुंदा देशको आर्थिक क्षेत्र टाट पल्टिने देखिन्छ । माग र आपुर्तीका आधारमाा ब्याज दर निर्धारण हुने भनि एकतर्फि रुपमा कर्जामा ब्याजदर निर्धारण गरिएको छ ।  बैंक तथा वित्तिय संस्थाहरुको आधार दर वृद्धि गर्ने कामहरु भए । बैंक वित्तिय संस्थाहरु ले जोखिमका आधारमा मात्र आधार दर मा बढीमा २ ÷३ प्रतिशत मात्र थप प्रिमियम लिनु पर्नेमा निरीह क्रणीहरुमा मनपरि ८ प्रतिशत  सम्म प्रिमियम जोडी ब्याज लिन थालियो । परिणाम स्वरुप उद्योगीहरुको उत्पादन लागतमा अनायासै बृद्धीहुन गई यसले महंगीमा टेवा पु¥याउंदै उद्योग व्यवसाय ठप्प पर्ने वातावरण सिर्जना भएको छ । देशमै केहि गरि जीवीकोपार्जन गर्ने मनसाय बनाएका नवप्रवेशी उद्यमीहरुका लागि पनि यस किसिमको वातावरणले गर्दा देशवाट श्रमपलायन भै आगामी दिनहरु अझ बढि कष्टकर रहने हाम्रो ठम्म्याई रहेको छ । नेपाल सरकारले विश्वको अवस्था, मुद्रास्फिति आदिको कारण देखाई यसरी सर्वसाधारण र व्यवसायीहरुलाई हतोत्साहित गराउंदै देशको अर्थतन्त्रनै धरासायी बनाउने कार्य भएकोले उद्योग वाणिज्य संघ–चितवन लगायत चितवन जिल्लाका निजी क्षेत्रका छाता संगठनहरु चरणवद्ध शान्तिपुर्ण आन्दोलनमा जाने निर्णय गरेको अवगत गराउन चाहन्छौं । व्यवसायीका माग तपसील बमोजीम गरिएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउंदै देशको अर्थतन्त्र जोगाउने यस राष्ट्रिय सवालमा यस जिल्लाका मात्र नभै देशभरका उद्यमी व्यवसायी , पेशाकर्मि , पत्रकार लगायत सम्पूर्णलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं । तपसीलका हाम्रा मागहरु सम्बोधन नभएमा सशक्त कार्यक्रमहरु आयोजना गरिने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।


हाम्रा मागहरुः

  • कर्जामा एक अंकको ब्याजदर कायम हुनुपर्ने ।
  • निक्षेप ब्याजदर एक अंक भन्दा बढी हुन नहुने र व्यापारमा १ देखी २ प्रतिशत मात्र व्याज थप गरी लिन पाइने गरि लगानी योग्य पूंजीको शिघ्र व्यवस्थापन हुनुपर्ने । 
  • बैंकहरुको खर्च न्यून गरि स्प्रेडदर ३ भित्र रही जोखिमका आधार दरमाबढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था हुनुपर्ने ।
  • उत्पादनमूलक उद्योगहरु स्थापनाका लागि जोडदिंदै कर्जा प्रक्रिया सहज र शुलभ बनाउनुपर्ने ।
  • बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क , एल.सी–नेगोसिएसन शुल्क मा दोब्बर वृद्धिलाई अन्तःगरि गतवर्षको भन्दा बढी लिन नपाइने व्यवस्था हुनुपर्ने ।
  • बिगतमा मौद्रिक नीतिमार्फत दिइएका छुटहरु कार्यान्वयन हुनुपर्ने ।
  • हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्ष सम्म पुनःतालिकिरण गरि , ब्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्न माग गर्दछौं ।
  • हालको बाह्य र आन्तरीक अवस्था उपपुक्त नभएकोले चालु पूंजी कर्जा निर्देशिका स्थगित हुुनुपर्ने ।

    धन्यवाद ।