उद्योग वाणिज्य संघ–चितवनले दियो घर भाडामा छुट ।

उद्योग वाणिज्य संघ–चितवनले दियो घर भाडामा छुट ।

उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक

भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ । आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीहरुलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिनको लागि यस अगावै अपिल गरिसकेको छ ।

देशमा व्याप्त चरम आर्थिक मन्दिका कारण व्यापार व्यवसायिक गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा व्यवसायीहरू पुगेको संघले जनाएको छ । कोभिड १९ र तत्पश्चात सृर्जित व्यवसायिक जटिलता, बैंक व्याज वृद्धि जस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनु भयो । बर्तमान अवस्थालाई मध्यनजर गरी  अरू घर धनिहरुले कम्तिमा यो अवस्था सहज नहुंदासम्मको लागि घर भाडामा केहि प्रतिशत छुट दिनुहुन तथा घर वहाल सम्झौता बमोजीम यस बर्ष घरवहालमा बृद्धि गर्ने समय आएका घरधनिहरुले यो समयमा घरभाडामा बृद्धि नगरी राहत प्रदान गर्नुहुन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ । संघको माताहतमा रहेको व्यवसायिक भवनमा व्यवसाय गरिरहेको व्यवसायीलाई सम्झौता बमोजिम यस वर्ष बृद्धि हुने वहाल रकम समेत छुट दिएको संघले जनाएको छ ।

३१ जेष्ठ, भरतपुर,